Logo

सत्ताका खेलाडीहरूको अपारदर्शी हर्कत देशको राजनीतिमा हावी हुनु शोभनीय भएन : बाबुराम भट्टराई



काठमाडौं, १ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको गतिरोध फुक्नु सकारात्मक भएको टिप्पणी गरेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ जना सांसदहरुले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराएपछि बाबुरामको यस्तो प्रतिक्रिया आएको हो ।

यद्धपी उनले न्यायपालिका, व्यवस्थापिका, संवैधानिक अंगहरु दलीय/निजी स्वार्थको लात्तीभकुण्डो बन्नु र सत्ताका खेलाडीहरुको अपारदर्शी हर्कत देशको राजनीतिमा हावी हुनु शोभनीय नभएको पनि टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-

ढिलै भएपनि सर्वोच्च अदालतको गतिरोध फुक्नु सकारात्मक छ।तर न्यायपालिका, व्यवस्थापिका, संवैधानिक अंगहरू दलीय/निजी स्वार्थको लात्तीभकुण्डो बन्नु र सत्ताका खेलाडीहरूको अपारदर्शी हर्कत देशको राजनीतिमा हावी हुनु शोभनीय भएन।सत्ताका सबै अंगहरूको अग्रगामी पुनर्संरचना नभएसम्म देश बन्दैन है!



प्रतिक्रिया दिनुहोस्

Screenshot