Logo

सभामुख सापकोटाको आह्वानमा आज दिउँसो सर्वदलीय बैठक बस्दै



काठमाडौ, फागुन २। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलालाएका हुन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आईतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सो महाभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ रहेका छन् । यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन् । आज बोलाइएको प्रतिनिधिसभाको बैठक पर्सी बुधबारका लागि सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्