Logo

विकास खर्चः सात महिनामा ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ मात्रै



काठमाडौं, फागुन २ । चालू आर्थिक वर्षको सात महिना पूरा भइसक्दा पुँजी निर्माणमा महत्त्वपूर्ण मानिने विकास बजेटको खर्च भने न्यून छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना अर्थात् माघसम्ममा ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ विकास खर्च भएको छ । जुन कुल विकास बजेटको १६.०८ प्रतिशत हुन आउँछ ।

चालू आर्थिक वर्षका लागि सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपैयाँ विकास बजेट विनियोजन गरेको थियो । हालै मात्र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले कुल विनियोजनको ९० प्रतिशत मात्र अर्थात् तीन खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ मात्र विकास बजेट खर्च हुने संशोधित अनुमान गरेको छ । विकास खर्च न्यून भएको भन्दै अर्थ मन्त्रालयले बारम्बार मन्त्रालय खर्च बढाउन निर्देशन दिँदै आएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्