Logo

सभामुख सापकोटा एमसीसी टेबल गर्न तयार



काठमाडौं, २ फागुन । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी प्रतिनिधि सभामा टेबल गर्न तयार भएका छन् । उनले ४ फागुनको बैठकमा सरकारले प्रस्ताव गर्ने तयारी गरेको एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार सभामुख सापकोटाले एमसीसी टेबल गर्ने सन्देश पठाइसकेका छन् । तर, उनले प्रतिनिधि सभाको अवरोध हटाउन जोड दिएका छन् । यसका लागि आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक डाकेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सजिलो महशुश गरेको बुझिएको । २०६२ सालमा भएको अर्जुन लामा हत्या प्रकरणमा सभामुख सापकोटाविरुद्ध अदालतमा मुद्दा दायर गरे । यो मुद्दामा सम्भावित फैसलाबाट उनी भयभित थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot