Logo

‘मास्टर्नी’को ‘वैंशको गोली’ बोलको गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं, फागुन २ । हास्य कलाकार अनिता बस्नेत (मास्टर्नी)ले नयाँ गीत ‘वैंशको गोली’ सार्वजनिक गरेकी छन् । उनले सो गीत आफ्नै युट्युब च्यानल ‘अनिता बस्नेत’बाट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक गीतमा हरी गिरी विमर्शीको शब्दरसंगीत रहेको छ भने उक्त गीतलाई कृष्ण केसीको एरेञ्ज गरेका हुन, गीतमा टिका प्रशाई र हरी गिरी विमर्शीको स्वर छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा अनितासँगै राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र सविना आचार्यले कम्मर मर्काएका छन् । गीतमा राजु र अनिता, मरिचमान र सविनाको जोडी बाँधिएको छ ।

उत्तम हुमागाईंले खिचेको म्युजिक भिडियोमा नविन निरौलाको सम्पादन र रंग संयोजन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्