Logo

अरु चार जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे छलफल भएको छैन : विष्णु पौडेल



काठमाडौं, २ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तापक्षीय तीन दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि राजनीति तरंगित छ । हिजो (आइतबार) मात्रै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदहरुले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

उक्त प्रस्ताव दर्ता भएसँगै राणा स्वतः निलम्बनमा परेका छन् । र, कायममुकायम प्रधानन्ययाधीशमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारी सम्हालेका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने उक्त कदमको निन्दा गरेको छ।

उसले यसलाई षड्यन्त्रपूर्ण कदम पनि भनेको छ । र, प्रधानन्यायाधीशविरुद्धको महाभियोगको डटेर सामना गर्ने एमालेको निर्णय छ । यो बीचमा एमालेले परमादेश जारी गर्ने अरु चार जना न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, डा. आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडालाई पनि महाभियोग लगाउने तयारी गरेको कुरा आएको छ ।

तर, एमाले उपाध्यक्ष विष्णु पौडेलले भने यसमा सत्यता नभएको बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा पौडेलले अहिले चार जना न्यायाधीशहरुविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नभएको स्पष्ट पारे ।

हिजो बसेको सचिवालय बैठकमा पनि यसबारेमा कुनै छलफल नभएको उनको भनाई छ । अब कसरी अघि बढ्ने भन्नेबारे आज बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने जनाए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot