Logo

काठमाडौँ उपत्यका खानेपानीको बिल अब ‘खल्ती’बाटै तिर्न सकिने



काठमाडौं, २ फागुन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बिल भुक्तानी अब अनलाइनबाट गर्न सकिने भएको छ ।
उपभोक्ताले भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्नसक्ने भएका हुन्।

केयुकेएलको अनुसार व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला हुँदा जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानी प्रबन्ध मिलाइएको हो ।

‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गर्दा रिबेट र छुट सुविधा पनि ग्राहकले पाउनपनि जनाइएको छ । अब २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए पनि ‘खल्ती’बाट बोर्ड अमाउन्ट तिर्नुसक्नेछन् । यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने खल्तीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot