Logo

थप १३ लाख मात्रा खोप नेपाल आइपुग्यो



काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो ।

आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ हजार १६० मात्रा खोप नेपालमा आइपुगेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot