Logo

आज सर्वदलीय बैठक बस्दै, सभामुख, प्रचण्ड पुगे सिंहदरबार



काठमाडौं, २ फागुन । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा सहभागी हुन नेताहरू सिंहदरबार पुगिसकेका छन् ।

संसद् सचिवालयमा बैठक दिउँसो २ बजेका लागि तय भएपनि अहिलेसम्म सुरु भएको छैन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउन ढिलाइ भएकाले बैठक सुरु नभएको जनाइएको छ ।

सभामुख सापकोटा भने निर्धारित समयभन्दा पहिल्यै संसद् सचिवालय पुगिसकेका छन् । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, कानुनमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललगायत सिंहदरबार प्रवेश गरिसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्