Logo

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल



काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारेमा आज सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् ।

देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलाका शिर्ष तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि बढाउने भन्नेबारे छलफल भएको जनाईएको छ ।

प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसिसी पेश गर्न चाहेको भएपनि प्रचण्ड र नेपालले भने केही समय पर्खिन आग्रह गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्