Logo

सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ: कानुनमन्त्री बडू



काठमाडौँ, ३ फागुन: कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलि (बुधबार)को संसद बैठकमा एमसीसी टेबल हुने बताएका छन् । कांग्रेस संसदीय दलको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको समेत मन्त्री बडूले जानकारी दिएका छन्।सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको कारण यसलाई भोलि संसदमा पेस गराउने पक्षमा अधिकांश सांसदहरु रहेको उनले जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बस्ने संसद बैठक एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गर्न दिएको डेडलाइन अनुसार प्रधानमन्त्री देउवाले भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका हुन् ।

अमेरिकाले फागुन १६ गतेभित्र परियोजना पास नगरिए नेपाल अमेरिकाबीचको लामो कुटनीतिक सम्बन्ध बिग्रीने समेत चेतावनी दिइसकेको छ । यस्तोमा प्रधानमन्त्री देउवा जसरी पनि एकसीसी पास गर्नुपर्ने दबावमा छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot