Logo

टी–२० विश्वकप छनोटका लागि गुल्सन झा ओमान जाने



काठमाडौं, ३ फागुन । आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटका लागि गुल्सन झा ओमान जाने भएका छन् ।

ढाडको समस्यका कारण करण केसीले विश्वकप छनोट गुमाउने भएपछि फास्ट बलर गुल्सन ओमान जाने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । गुल्सन एक÷दुई दिनभित्रै ओमान जाने बताइएको छ ।

विश्वकप छनोट खेल शुक्रबारबाट सुरु हुदैछ । नेपालले आफ्नो पहिलो खेल घरेलु टोली ओमानविरुद्ध खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेलमा फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा खेल्ने छ ।

साथै, तेस्रो खेलमा नेपाल फ्रेब्रुअरी २१ मा क्यानाडाविरुद्ध मैदानमा उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्