Logo

त्रिभुवन विमानस्थल जाँदै हुनुहुन्छ भने ‘टिकट प्रिन्ट’ गरेर जानुहोस् ! नत्र छिर्न पाइदैन्



काठमाडौं, ३ फागुन । त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको छ । विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका हुन् ।

आजबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले दुःख पाए ।

विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई प्रवेश गर्न नदिएको हो ।

मोबाइलमा टिकट डाउनलोड गरी आउने यात्रुले भने विमानस्थलमा प्रवेश पाउने र नम्बर मात्र लिएर आउने यात्रुलाई छिर्न रोक लगाएको विमानस्थलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot