Logo

गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिदनैः विशाल भट्टराई (भिडियोसहित)



काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिन नसक्ने टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले सभामुख अग्नी सापकोटाले नेकपा (एमाले) लाई कमजोर बनाउने तल्लो स्तरको सोचबाट अगाडी बढेको आरोप लगाए ।

नेकपा (एस)को फैसला हुने दिन नै प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग आउनु सत्ता गठबन्धनको नियत राम्रो नदेखिएको भट्टराईको आरोप थियो ।

यस्तै, अदालतले फैसला गरेको दिन नेकपा (एमाले)ले संसद अवरुद्ध नगर्ने स्पष्ट पारेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot