Logo

लालु यादव चारा घोटाला मुद्दामा दोषी ठहर, १८ फेब्रुअरीमा सजाय सुनाइने



एजेन्सी, ३ फागुन। आरजेडी प्रमुख बिहारका पुर्व मुख्यमन्त्रि लालुप्रसाद यादव चारा घोटालाको अन्तिम मुद्दामा दोषी ठहर भएका छन् । आज (मंगलबार) विशेष सीबीआई अदालतले आरजेडी प्रमुख तथा पुर्व मुख्यमन्त्रि लालु यादवसहित ७५ आरोपीलाई दोषी ठहर गरेको हो ।

भारतको सबैभन्दा ठूलो ९५० करोड रुपैयाँको चारा घोटाला (डोरान्डा ट्रेजरीबाट १३९.३५ करोड रुपैयाँ घोटाला) मा आज फैसला आएको भारतीय संचार मध्यमहरुमा उल्लेख छ । योसँगै २४ जनाले सफाइ पाएको जनाइएको छ । लालु यादवसहित ७५ आरोपीको सजाय फेब्रुअरी १८ मा घोषणा हुनेछ ।

उनी यसअघिका सबै मुद्दामा धरौटीमा छुटे पनि अदालतको मंगलबारको फैसलाले उनी फेरि जेल जानुपर्ने भएको देखिएको छ । अहिले उनी जमानतमा रिहा रहेका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्