Logo

बन्दिपुर कांग्रेसमा कडा प्रतिस्पर्धा हुने, यी हुन् अध्यक्षका आकांक्षी



तनहुँ, ३ फागुन । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनाबको मिति घोषणा गरेको छ। चुनाव नजिकिदै गर्दा तनहँुको बन्दिपुर गाउँपालिकामा राजनीतिक चहलपहल सुरु भएको छ । विभिन्न दलहरु जनताको घर–घरमा पुगेर टोल समिति गठन देखि आफ्नो पार्टीको एजेण्डा बाड्न थालेका छन् ।

बन्दिपुर काङ्ग्रेस गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका दाबी गर्नेहरु करिब १२ जना देखिएका छन् । बिद्यार्थी नेता रोजन बानियाँ, महाधिवेसन प्रतिनिधिहरु रेशम गुरुङ, सुरेश भट्टराई, पुर्ब महाधिबेसन प्रतिनिधि मानकाजी श्रेष्ठ, पुर्व पार्टी उपसभापति धुर्व प्रधान,पुर्ब गाउँ कमिटीका सचिब बहेश गुरुङ, क्षेत्रीय सचिब राजु बानियाँ, पुर्ब जिल्ला सदस्य बिपिन गुरुङ, सभापति कर्ण खत्री, पुर्ब प्रदेश सभापति राजेन्द्र पिया, जिल्ला सहसचिब परमेस्वर भट्टराई तथा दलित नेता रामकृष्ण बिस्वकर्मा आकांक्षी देखिएका छन् ।

रोजन बानिया, सुरेश भट्टराई, बिपिन गुरुङ, बहेस गुरुङ, धुर्ब प्रधान, राजु बानिया केन्द्रिय सदस्य गोबिन्द भट्टराई निकट मानिन्छन भने मान काजी श्रेष्ठ, कर्ण खत्री, प्ररमेस्वर भट्टराई, राजेन्द्र पिया, केन्द्रिय सदस्य संकर भन्डारी निकट मानिन्छन् । त्यस्तै अध्यक्षका आकांक्षीहरु रेशम गुरुङ कांग्रेस नेता राम चन्द्र पौडेल निकट हुन् ।

स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेसका पुर्ब सह–महामन्त्री गोबिन्द राज जोशी पक्षले पत्येक पालिकामा आफ्ना उम्मेदवार तयार गर्ने जनाइएको छ ।  आगामी फागुन १८ गतेदेखि प्रत्येक पालिकामा कार्यकर्ता भेलाको आयोजना गर्ने  र भेलाबाट तनहुँको सबै पालिकाका अध्यक्ष र वडा अध्यक्षको टुङ्गो लगाउने जोशी निकट एक नेताले बताए । जोशी समूहले १० वटै पालिकामा उम्मेदवारी दिएमा काङ्ग्रेस तनहुँलाई ठुलो क्षति पुग्न सकिने आंकलन गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्