Logo

कोभिड भ्याक्सिन लगाउन वाध्य पारे टेनिस प्रतियोगितामा भाग नलिने जोकोभिकको अडान



एजेन्सी, ३ फागुन । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक चर्चामा छन् । उनले अष्ट्रेलियामा भ्याक्सिन नलगाई प्रवेश गरेपछि फर्काइए । अष्ट्रेलियन ओपन खेल्न पाएनन् ।

जोकोभिकले यसबारे पहिलोपटक मुख फोरेका छन् । बीबीसीसँगको अन्तवार्तामा जोकोभिकले आफूलाई कोभिडविरुद्धको भ्याक्सिन लगाउन वाध्य पारेमा टेनिसको भविष्यका प्रतियोगितामा भाग नलिने अडान लिएका छन् । उनले आफू भ्याक्सिनको विरोधी नभएको तर व्यक्तिले भ्याक्सिन लगाउने या नलगाउने छान्न पाउनुपर्ने तर्क गरे ।

३४ वर्षीय जोकोभिक अष्ट्रेलियन ओपनको दाबेदार मानिएका थिए । तर, उनी अष्ट्रेलियाबाट डिपोर्ट गरिए । यसले विश्वकै ध्यान गएको थियो ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot