Logo

च्याम्पियन्स लिग: एमबापेको निर्णायक गोलमा पीएसजीको जित



काठमाडौं, ४ फागुन । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रियल मड्रिडमाथि जित निकालेको छ ।

मंगलबार राति भएको पहिलो लेगमा पीएसजीले स्पेनिस क्लब रियललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबापेले खेलको इन्जुरी समयमा निर्णायक गोल गरे ।

खेलको ६२औं मिनेटमा पीएसजीले पाएको पेनाल्टीको मौकालाई लियोनल मेस्सीले सदुपयोग गर्न सकेनन् ।

यस जितसँगै पीएसजीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot