Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : आज एमसीसी टेबुल नहुने



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सम्पन्न भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आज एमसीसी टेबुल नगर्ने सहमति भएको हो ।

माओवादी केन्द्रले भने आज संसदीय दलको बैठक राखेर जबरजस्ती एमसीसी टेबुल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

सो निर्णय बोकेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्