Logo

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट कहिले ?



काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३.३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । प्री–अलोटमेन्ट मंगलबार फागुन ३ गते नै सम्पन्न भइसकेको छ ।

यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ करोड ७८ लाख ६९ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा ५३.८७ गुणा बढी आवेदन हो ।

यो मध्ये २ प्रतिशत सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको थियो । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो ।



प्रतिक्रिया दिनुहोस्