Logo

विद्युत् लाइन छिटो विस्तार गर्न निर्देशन



जाजरकोट, ४ फागुन । विद्युत् लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन् ।

चार वर्षअघि ठेक्का लगाएका कामहरु अहिलेसम्म पूरा नभएको भन्दै उनले यस्ता कामलाई तत्काल अगाडि नबढाए कडा कदम चाल्ने बताए । कर्णाली प्रदेश विद्युत् प्राधिकरणका प्रमुख शम्भु कुसैयात यादवलाई मन्त्री सिंहले कार्यकक्षमा बोलाएर जाजरकोटलगायत अन्य जिल्लाको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

चार वर्षअघि लागेका ठेक्काको काम वैशाखसम्म पूरा गर्नका लागि निर्देशन आएको जाजरकोटका प्रमुख अविशेकराज कलवारले बताए । पहुँचको भरमा ठेक्का लिँदै बीचमा अलपत्र पार्दै गरेका कारण जाजरकोटमा विद्युत् लाइन विस्तारमा समस्या देखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्