Logo

गगन थापाजीले संशोधन विना एमसीसी पास गर्न सकिदैन भनेको होइन ?



सुर्य थापा: नेपाली काँग्रेसका एक महामन्त्री गगन थापाजीले संचारकर्मीहरूसँग २०७६ असार ३० गते तत्कालीन सरकारले संसदमा अनुमाेदनका लागि पठाएको एमसीसीमा मतदान गर्न नेकपा एमालेलाई अनुराेध गर्नुभएको एकदम कपटी धारणा राख्नुभएको सुनियाे। तपाईंको पार्टी त्यतिबेलाचाहिं किन माैन बसेकाे ? तपाईं आफैले संशाेधनबिना पारित गर्न सकिँदैन भनेर त्यतिबेला के भन्दै हिडेकाे?आज संशाेधनचाहिँ के भयाे त? तपाईंको आफ्नै डबल स्ट्यान्डर्ड ऐनामा हेर्नुस !
म व्यक्तिगत बुझाइ हाेइन, पार्टीको पाेजिसन भनिरहेकाे छु-
१) पुष्पकमल दाहाल प्रचण्ड, माधव कु.नेपाल र दुर्गा पाैडेलहरूसँग मिलेर केपी शर्मा ओली र नेकपा एमालेविराेधी माेर्चाबन्दी गरेर परमादेशकाे सरकार बनाउँदा पृथ्वी नै जितेजस्ताे गरेकाे हाेइन? अनि एमसीसी अनुमाेदन गर्दा किन एमालेकाे भाेटकाे अपेक्षा गर्ने? गठबन्धनले देउवाकाे पक्षमा १६५ भाेट पाएकाे हाे, त्यसबाट १३८ मात्रै भाेट खसाले त एमसीसी पारित भइहाल्छ । अनि किन एमाले संझेर न्यामन्याम गर्नुप-याे? तपाईंको हिसाब यहाँनेर काम लागेन।
२) प्रचण्ड, नेपाल र पाैडेलहरू एमसीसीविरूद्द सडक र सरकार दुबै डुंगामा खुट्टा टेकेर उफ्रिरहेका छन्। याे संझाैता पारित नगर्ने हाे भने तिनलाई किन सरकारमा राखेकाे त ? पहिले सरकारबाट निकालेर माइतिघर मण्डला पु-याउनुस, अनि नयाँ शिराबाट छलफल थाल्नुस, तब पाे तपाईंको याचनाकाे कुनै अर्थ हुन्छ!
३) एमसीसीलाई गिजाेलेर विद्रूप बनाउनेहरूसँग तपाईं गठबन्धन गरेर देशमा लुटमार मच्चाउने, याे संझाैता सन् २०१७ मा यस्तै (देउवा-प्रचण्ड) गठबन्धनले गरेकाे हाे र यसकाे अनुमाेदन गर्न उही प्रकारकै माेर्चाबन्दी कायम छँदैछ। सभामुखसँग साैदावाजी र माेलताेल मिलिसकेकाे नै छ, अनि मानाैं एमालेले अनुमाेदन गरिदेओस् जस्ताे मलिन अनुहारमा विगतमा ओलीसरकारले दर्ता गराएकाे प्रस्ताव भन्दै किन चकलेट मागेजस्ताे भाेट माग गर्नुहुन्छ ?
५) आजकाे स्थितिमा एमाले संसदभित्र जारी संघर्ष अकारण छाडेर अग्निप्रसादकाे नेतृत्वमा सदन चलाउने नियमित प्रक्रियामा सहभागी हुनसक्छ त? सरकारी प्रस्ताव पारित गराउन नसके किन सरकारमा बस्नु त? फेरि हिजाेकाे सरकारकाे अविछिन्न उत्तराधिकार बहन नगर्ने हाे भने आज सरकार पक्षकाे भनेर तपाईंहरू किन मुख देखाउनु त ?ठाेस छलफल र सहमतिबेगर तपाईंको पार्टीका प्रस्ताव बाेकेर हिड्ने सजिलाे प्रतिपक्ष एमालेलाई ठान्नु तपाईंको भूल वा भ्रान्ति भएन र?
पहिले एमाले बुझ्नुस, अनि मात्रै सार्वजनिक धारणा
राख्नुस !
अन्यथा, सम्झिनुस- पानी छम्किनुस ल ! (सुर्य थापाको फेसबुकबाट)



प्रतिक्रिया दिनुहोस्