योगेशको चेतावनी : माग पूरा नभएसम्म संसद् चल्न दिन्नौं


काठमाडौं, ४ फागुन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।प्रतिनिधिसभाको आज (बुधबार) बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले एमालेले उठाएको विषयलाई सम्बोधन नगरी राखिने बैठकमा अवरोध भइरहने बताएका हुन् । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ । file photo