Logo

बन्दको अवज्ञा गरेको भन्दै घोडाघोडी नगरपालिकामा ताला



धनगढी, ४ फागुन । नेपाल बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको आरोपमा कैलालीको घोडाघोडी नगरपालिकामा बन्दकर्ताले तालाबन्दी गरेका छन् ।

बजार बन्द गराउँदै हिँडेका विभिन्न ६ दल सम्मिलित मोर्चाका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेको भन्दै नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गरेका हुन्

बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएका थिए । ताला केही बेरमा खोलिएको थियो ।



प्रतिक्रिया दिनुहोस्