Logo

सलमान खानसहित बलिउड स्टारहरु नेपाल आउने



काठमाडौं, ४ फागुन । बलिउड स्टार सलमान खान नेपाल आउने भएका छन् । उनी सांगितिक कार्यक्रममा सहभागी हुन आगामी वर्षको ३ वैशाखमा नेपाल आउने भएका हुन् ।

सलमानसहित बलिउड नायिका सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, नायक समेत रहेका कोरियोग्राफर प्रभु देवालगायत नेपाल आउने भएका हुन् ।

ओडीसी इन्टरटेनमेन्टले बलिउड स्टारहरुलाई ल्याउने भएको हो । बलिउड कलाकारहरु ल्याउन मात्र ओडीसीले ४ करोड नेपाली रुपैयाँ खर्च गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot