Logo

आइपीओ जारी गर्दै धौलागिरी लघुवित्त



काठमाडौं, ५ फागुन । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । आइपीओ बिक्रीका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडसँग सम्झौता भएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो ।

संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३५ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot