Logo

नेपाल नेशनल हस्पिटलले आइतबारदेखि पूर्णकालीन विशेषज्ञ सेवा सुरू गर्ने



काठमाडौं, ५ फागुन । कलंकीस्थित नेपाल नेशनल हस्पिटलले सबै विधाको पूर्णकालीन विशेषज्ञ सेवा सञ्चालन गर्ने भएको छ । आइतबारदेखि विहान ७ बजेदेखि साँझ ७ बजेसम्म अस्पतालले सबै रोगको पूर्णकालीन विशेषज्ञ सेवा सुरु गरिने अस्पतालमा मेडिकल निर्देशक डा. प्रकाश पौडेलले बताए ।

‘हामीले विशेषज्ञहरुको ठूलो टिम बनाएर पूर्णकालीन विशेषज्ञ सेवा सुरु गर्दैछौ,’ उनले भने, ‘अब कुनै पनि रोगका बिरामीले विशेषज्ञ सेवाका लागि चिकित्सकको समय कुरिरहनु पर्दैन् । जुनसुकै बेला पनि जुनसुकै रोगका विशेषज्ञले ओपीडी सेवा दिनु हुनेछ ।’ उनका अनुसार अर्थोपेडिक, गाइने, सर्जरी, मेडिसिनलगायतका सबै विशेषज्ञ सेवाहरु अस्पतालमा बिरामीले जुनसुकै बेला लिन सक्नेछन् । त्यसबाहेक सुपरस्पेसियालिटी सेवाहरु पनि उपलब्ध रहेको उनले बताए ।

नेपाल नेशनल हस्पिटलले अनलाइन टिकटिङ सेवा पनि सुरु गरेको छ । साथै, प्रयोगशाला परीक्षण रिपोर्ट पनि अनलाइनबाट घरमै हेर्न सकिने व्यवस्था गरेको पनि निर्देशक डा. पौडेलले बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot