Logo

माधव नेपाल पाँच दलीय गठबन्धनको भाग लिन बालुवाटार पुगे



काठमाडौं, ५ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा भाग लिन नेपाल बालुवाटार पुगेका हुन ।

बैठक अहिले ५ बजेबाट सुरु हुँदैछ। बैठकमा भाग लिनको लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि खुमलटारबाट निस्किसकेका छन् । उनी केहीबेरमा बालुवाटार पुग्ने जनाईएको छ ।

उता, जसपाबाट भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई बैठकमा जाने बताईएको छ। अध्यक्ष उपेन्द्र यादव पार्टीको कार्यक्रममा सिरहामा छन् । जनमोर्चाबाट भने दुर्गा पौडेल जाने बताईएको छ ।

प्रधानमन्त्री देउवाले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । त्यसको लागि उनले सत्ता गठबन्धनमा आज निर्णायक छलफल गर्न लागेका हुन् । कतिपयले यो गठबन्धन आजै टुट्ने पनि बताएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्