Logo

हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर



काठमाडौं, ५ फागुन । विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्कालाई नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खड्कालाई आज दोषी ठहर गरेको हो ।

खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot