Logo

गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओली निवास बालकोटमा



काठमाडौं, ५ फागुन । सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बालुवाटारमा बसेको तीन घण्टा लामो छलफलमा पनि एमसीसीबारे कुनै सहमति नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पुगेका हुन् । पछिल्लो समय प्रधानमन्त्री देउवा एमसीसी सदनबाट पारित गर्नेगरि आक्रामक रुपमा लागेका छन् ।

उनले गठबन्धनका शीर्ष नेताहरुलाई पनि एमसीसी पारित गर्न सहयोग नगरे एमालेसँग मिलेर अघि बढ्ने र गठबन्धन पनि तोडिने चेतावनी दिँदै आएका छन् । आजमात्रै उनले ओलीसँग भेटवार्ता गर्न आफ्नो दूतको रुपमा डा. मिनेन्द्र रिजाललाई बालकोट पठाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्