Logo

प्रतिनिधिसभाको बैठक बस्दै, आजपनि अन्योल कायमै



काठमाडौं, फागुन ६ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि टेबल गर्ने सरकारको चाहाना छ ।

नेपाली कांग्रेसले सदनबाट एमसीसीबारे निकास खोज्नुपर्ने निर्णय गरिसकेको छ । सरकारमा समावेश भएका दलहरुलाई समेत सहमत गराउन अहिले बस्न लागेको सत्तागठबन्धनको बैठक केन्द्रित रहनेछ ।

प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot