टस जितेको ओमानले नेपाललाई दियो ब्याटिङको निम्तो


काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

ग्लोबल छनोट अन्तर्गत नेपालले समूहको पहिलो खेल ओमानविरुद्ध खेल्दैछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकप छनोटमा सुखद सुरुआत गर्न चाहन्छन् ।