Logo

नेपाल टेलिकमले ल्यायो ‘प्रजातन्त्र दिवस अफर’



काठमाडौँ, ६ फागुन। नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने जनाइएको छ । आकर्षक अफर भोलि (शनिबार) प्रजातन्त्र दिवसको दिनमात्र उपलब्ध हुनेछ ।

यस्तै, नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भोलि कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ । साथै, एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्