Logo

खल्तीबाट मेरो शेयर निःशुल्क नवीकरण गर्न सकिने



काठमाडौं, ६ फागुन । नेपालमा आईपीओमा लगानी गर्ने क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण ल्याएको छ । खल्तीको अनुुसार यस अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेका व्यक्तिहरूले आईपीओ भर्न नवीकरण गर्न सक्नेछन् र नवीकरण गरिसकेकाहरूले आगामी वर्षहरूको लागि नवीकरण गर्न सक्नेछन्।

प्रयोगकर्ताले रु. ५० आफ्नो मेरो शेयर खाता नवीकरण गर्न, खल्ती मार्फत भुक्तानी गर्दा, उनीहरूले रु.को १००% क्यासब्याक पाउँने कम्पनीले जनाएको छ । ६० प्रतिशत. फिर्ता रकम १ वर्ष नवीकरण रकमको हुनेछ तर प्रयोगकर्ताहरूले अर्को पाँच वर्षको लागि आफ्नो खाता नवीकरण गर्न सक्छन्। तर, प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्। यो अफर मार्च १६, २०७८ सम्म मान्य हुने जनाइएको छ ।

यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,‘यसले धेरै सम्भावित लगानीकर्तालाई पूँजी बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन गर्नेछ भन्ने मलाई विश्वास छ ।’

खल्ती नेपालको फिनटेक उद्योगमा एउटा युवा, प्रचलित र नवीन ब्रान्ड बनेको छ। हाल, यो घण्प्+ एजेन्ट नेटवर्कको साथमा देशभर २.० मिलियन+ भन्दा बढी सक्रिय प्रयोगकर्ताहरू छन्। खल्तीबाट प्रयोगकर्ताहरूले आफ्नो फोन, टिभी टप–अप, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडान टिकटहरू किन्न लगायत अन्य धेरै कुराहरू गर्न सक्छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot