Logo

बावुको हत्या गर्ने दुई छोरा पक्राउ



काठमाडौं, ६ फागुन । कुटपिट गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot