Logo

एमाले एमसीसी पास गराउन तयार छ, देउवाकै नेतृत्वमा चुनावमा जान्छौं : सुरेन्द्र पाण्डे



काठमाडौं, ६ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी सदनमा अनुमोदनको लागि टेबुल भए आफ्नो पार्टीले पास गराउनको लागि भूमिका खेल्ने बताएका छन् । एमालेले पछिल्लो समय एमसीसीको बारेमा खुलस्त आफ्नो धारणा नराखिरहेको बेला पाण्डेले भने यस्तो खुलासा गरेका हुन् । उ

नले पाँच दलीय गठबन्धन टुट्यो भने नेपाली कांग्रेसको नेतृत्वको वर्तमान सरकारलाई एमालेले साथ दिने पनि खुलासा गरेका छन् । आज (शुक्रबार) राति ९ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले यस्तो बताएका हुन् ।

उनले एमाले प्रधानमन्त्री देउवाकै नेतृत्वमा चुनावमा जान तयार रहेको पनि स्पष्ट पारेका छन् । कसरी सहकार्य गर्ने ? भन्ने विषयमा प्रधानमन्त्री देउवाले खुल्ला खुलस्त प्रस्ताव ल्याउनुपर्ने उनको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्