Logo

आज राष्ट्रिय प्रजातन्त्र दिवस, सम्झनामा राणा शासनको अन्त



काठमाडौं, ७ फागुन । आज राष्ट्रिय ७२ प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ गते आजकै दिन एक सय चार वर्ष लामो राणा शासन अन्त भएको थियो ।

आज प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र स्थापनाका लागि चार सहिद दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ सालमा बलिदानी दिएका थिए । उनीहरुलाई राणा शासनविरुद्ध षड्यन्त्रको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

राणा शासन अन्तका लागि राजा त्रिभुवनले विशेष भूमिका खेलेका थिए । राणाहरुविरुद्ध नेपाली काँग्रेसले संघर्ष गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot