Logo

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना



काठमाडौं, फागुन ७ । देशमा कुनै उल्लेखनिय प्रणाली छैन। बिहान तराईका थोरै भ-भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको आँकलन छ।

आइतबार पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सोमबार पहाडी भू-भागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस्