Logo

‘ए’ डिभिजन लिगः आज मछिन्द्र र थ्री स्टार तथा फ्रेन्ड्स र च्यासल भिड्दै



काठमाडौं, ७ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बार्हौ चरणका खेल आज (शनिबार)बाट सुरु हुँदैछ । बार्हौं चरणका खेल अन्तरगत आज दुई खेल हुनेछ ।

पहिलो खेलमा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

फ्रेन्ड्स र च्यासललाई रेलिगेसनबाट जोगिन आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

फ्रेन्ड्स ११ खेलमा ७ अंक जोडेर १२औं स्थानमा छ भने च्यासल ६ अंक जोडेर पुछारमा रहेको छ ।

यस्तै दोस्रो खेलमा उपाधि जितिसकेको मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र थ्री स्टारबीचको खेल ४ः४५ बजे दशरथ रंगशालामा हुनेछ ।

अपराजित रहँदै २९ अंकका साथ शीर्ष स्थानमा रहेको मछिन्द्र थ्री स्टारलाई हराएर अपराजित यात्रा कायम राख्न चाहन्छ भने थ्री स्टार मछिन्द्रलाई हराएर शीर्ष दुईमा उक्लन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot