Logo

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु, एमसीसीबारे धारणा सार्वजनिक गरिने



काठमाडौं, ७ फागुन। सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरु भएको छ । काठमाडौंस्थित् अर्याल होटलमा सुरु भएको बैठकमा पार्टीले एमसीसीबारे धारणा सार्वजनिक गर्ने जनाईएको छ ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यकाअनुसार आज पार्टीले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आजसम्मको समय मागेका थिए ।

आफ्नो पार्टीले एमसीसीबारे धारणा बनाएपछि अघि बढ्न उनको आग्रह थियो । सत्ता गठबन्धनमा आवद्ध दलहरुमा नेकपा (माओवादी केन्द्र) ले एमसीसी अहिलेको अवस्थामा सदनमा टेबुल भए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot