Logo

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी, एमसीसीबारे के धारणा आउला ?



काठमाडौं, ७ फागुन। नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १०औंँ बैठक जारी छ । बैठकमा समसामयिक राजनीतिक विषयका साथै एमसीसीको बारेमा पनि छलफल भैरहेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा जारी बैठकले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने जनाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेका छन् । तर, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने अहिलेको अवस्थामा एमसीसी टेबुल गर्न नहुने धारण राखेका थिए ।

तर, हिजो बसेको गठबन्धनको बैठकमा माधव नेपालले आजसम्मको समय मागेकोले सत्ता गठबन्धनको बैठक भोलि विहान १० बजे पूनः बस्ने जनाइएको छ। तर, भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा भने सरकारले एमसीसी टेबुल गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot