Logo

एमसीसी भोलि टेबल होला ?



काठमाडौं, ७ फागुन । एमसीसी भोलि टेबल हुने भनिएपनि आशंका देखिएको छ । सत्ता गठबन्धन जोगाउन ८ फागुनमा एमसीसी टेबल गर्ने सहमति सत्तारुढ दलका शिर्ष नेताले गरेका छन् ।

नेकपा एकीककृत समाजवादी पार्टीले स्थायी कमिटी बैठक डाकेर एमसीसी टेबल गर्ने पक्षमा निर्णय गरेको छ । तर, एसका नेता झलनाथ खनालले त्यसको खण्डन गरेका छन् । उनले एमसीसी टेबल गर्ने निर्णय नभएको दाबी गरेका छन् ।

एमसीसी टेबल गर्ने या नगर्ने पक्षमा नेकपा एसमा मतभेद खुलेको छ । अध्यक्ष माधवकुमार नेपाल टेबल गर्न दिने पक्षमा छन् । खनालले भने टेबल पनि गर्न नदिने अडान कसेका छन् । यद्यपि, दुवै नेता एमसीसी पास गर्ने पक्षमा छैनन् ।

नेकपा माओवादी केन्द्र भने एमसीसी टेबल पनि गर्न नदिने पक्षमा उभिएको छ । ६ फागुनमा भने प्रचण्ड टेबल गर्न दिने पक्षमा लचिलो भएको बुझिएको छ । सत्ता गठबन्धन तोडिने देखेपछि माधव नेपालले समन्वय गरी यस्तो माहोल तयार गरेका हुन् ।

एमसीसी टेबल गर्ने भनिएपनि संसदको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ । भोलि कार्यव्यवस्था समितिको बैठक डाकिएको छ ।

त्यसबाट टेबल गर्ने या नगर्ने टुंगो लाग्नेछ । सभामुख अग्निप्रसाद सापकोटा अझै एमसीसी टेबल गर्ने पक्षमा सकारात्मक नरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot