Logo

३१ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



बर्दिया, ८ फागुन। ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।-Symbolic Photo



प्रतिक्रिया दिनुहोस्