काठमाडौं, ८ फागुन । रातको समयमा महिलालाई फोन गरेर प्रतिक्रिया लिन खोज्ने पत्रकार माधव पौडेललाई शान्ति सुरक्षा भंग गरेको आरोपमा प्रहरीले सोधपुछको लागी बोलाएको छ ।
पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल फेस डटकमका प्रधान सम्पादक समेत रहेका पौडेलविरुद्ध एक महिलाले समाचारको नाममा शान्ति सुरक्षा भंग गरेको भन्दै उजुरी दिएपछि प्रहरीले सोधपुछको लागि फागुन ७ गते राती बोलाएको हो ।
समाजवादी प्रेस संगठन नेपालले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनको लागि आकृति रायमाझी नाम भएकी महिलालाई मोबाइल फोनमा सम्पर्क गरेकोमा प्रतिmिक्रया दिनुको साटो उल्टै प्रहरीलाई उजुरी दिनुलाई अनुचित्र क्रियाकलापको संज्ञा दिँदै ललितपुर प्रहरीले सोधपुछको लागि पत्रकार पौडेललाई बोलाएकोमा आपत्ति जनाएको छ ।
महासचिव भुपराज खड्काले जारी गरेको विज्ञप्तीमा संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपका रुपमा लिएको जनाउँदै यस्ता गतिबिधि बन्द गर्न समेत आग्रह गरेको छ ।





प्रतिक्रिया