Logo

संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो



काठमाडौँ, ८ फागुन: अमेरिकी सहयोग परियोजना (एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो । संसद् भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ ।

आज पनि दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । एमसीसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने निर्णय आज सत्ता गठबन्धनका नेताहरुले गरिसकेका छन् । विरोध प्रदर्शन हुने भएसँगै सो क्षेत्रको ट्राफिक अस्तव्यवस्त हुने भएको छ । ट्राफिक प्रहरीले दिउँसो जुलुस निस्कने भएकाले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्