Logo

नेपाल प्रहरीका १८ जना एसपीको सरूवा, को– कहाँ?



काठमाडौं, फागुन ९ । नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १८ जना एसपीको एकैपटक सरुवा गरेका हुन्।

सो कार्यालयले गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा। मनोज कुमार केसी, तुलबहादुर कार्की, कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त र दयानिधि ज्ञवालीलाई सरुवा गरेको हो।

त्यस्तै, विमल राज कँडेल, बीरबहादुर ओली, रविन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी, दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल र शेखर खनाललाई पनि सरुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार एक सूचना जारी गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot