Logo

प्रचण्ड र माधव नेपालहरुले सहमति नगरेको भए एमसीसी संसद्मा टेबुल हुन्थेन : मन्त्री झाँक्री (भिडिओसहित)



काठमाडौं, ९ फागुन। नेकपा (एकीकृत समाजवादी) की स्थायी कमिटी सदस्य तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले एमसीसीमा दोहोरो चरित्र देखाएको टिप्पणी गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्–‘एमसीसीमा सहमति किन हुन सकेन भन्दा, खड्गप्रसाद ओलीले सभामुखलाई हटाउने एजेण्डा बोक्नुभएको छ, हामी १४ जनालाई सभामुखले कारबाही गर्नुभएन भनेर, त्यो कारणले उहाँहरुले एउटा लाज के छोप्न खोजनुभएको छ भने, एमसीसीको पक्षमा आफ्नो अनुहार देखाउन आज पार्लियामेन्टमा रेकर्ड गर्न आउन चाहनुहुन्थ्यो, एमालेको अध्यक्ष, तर बैठक सकिएपछि आउनुभएको थियो, उहाँको अनुहार त मैले देखिनँ । एमालेको दोहोरो चरित्रको मारमा त हामी धेरै पटक पर्दै पर्दै आएको हो, अब यसपटक के भयो भने हामी सरकारमा छौं, सरकारले एमसीसीको बारेमा प्रधानमन्त्रीले सिरियस्ली लिएपछि दलहरुको बीचमा टेबुल गर्ने हदसम्म एउटा सहमति बनोस भनिएको थियो ।’

उनले प्रचण्ड र माधव कुमार नेपालहरुले सहमति नगरेको भए एमसीसी हिजोको संसद् बैठकमा टेबुल नै नहुने थियो भन्ने पनि दाबी गरिन् । उनले थपिन्–‘तर, कुनै बाध्यतावश उहाँहरुले पब्लिक कन्जम्सनको लागि केही कुरा भनेको पनि होला, तर मैले त सुनेको छैन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot