Logo

बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड सङ्क्रमण पुष्टि



एजेन्सी, ९ फागुन। बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई हिजो (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो।

“महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन् । पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताएको स्रोतले जनाएको छ ।

दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको छ ।”-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot