Logo

एमसीसीले अमेरिका चीन टकराव, भारत कता ?



काठमाडौं, ९ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले नेपालमा शक्तिराष्ट्रको टकराव बढेको छ । विशेषगरी अमेरिका र चीन खुलेरै बोल्न थालेका छन् । अमेरिकाले एमसीसी रोक्न खोजेको भन्दै चीनलाई चेतावनी दिइसकेको छ । चीनले पनि अमेरिकालाई चेतावनी दिदै नेपालको आन्तरिक मामलामा धम्की नदिन भनेको छ ।

एमसीसीले अमेरिका र चीन नेपाल मामलामा कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । घरेलु राजनीति निकै खुल्दै जान थालेको छ । यतिसम्मकी कुन नेता कुन शक्ति केन्द्रसँग नजिक छन् भन्ने छर्लङ्ग हुन थालेको छ । अहिलेको मुख्य शक्तिसंघर्ष नेपालमा अमेरिका र चीनले आफ्नो प्रभाव बढाउन चालेको कदमको परिणाम हो भन्ने देखिएको छ ।

अमेरिका एमसीसी कुनै हालतमा पारित गर्न खोजिरहेको छ । चीन त्यसलाई रोक्न लागिपरेको छ । तर, नेपालको राजनीतिमा प्रभाव राख्ने भारत यो मामलामा कता छ भन्ने चासो बनेको छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा अमेरिका र भारत नजिकिएका छन् । चीनसँग भारतको दोक्लाम र गलवालमा झडप भएपछि अमेरिकाले भारतलाई बलियो साथ दिइरहेको छ । भारत पनि अमेरिकासँग नजिकिएको छ । यसले चीनमाथि चुनौती बढेको छ ।

एमसीसीमा भने भारत अमेरिकासँग खासै सन्तुष्ट नदेखिएको संकेतहरु मिल्न थालेको छ । नेपाल मामलामा अमेरिका सिधै सक्रिय भएको भारतलाई मन नपरेको विश्लेषण हुन थालेको छ । एमसीसी भारतको सीमासम्म पुग्ने ट्रान्समिसन लाइन निर्माणमा समेत खर्च हुने गरी आएको छ । यसले भारतलाई पनि लाभ पुग्ने विषयहरु उठेको छ । भारत भने अमेरिकाको सिधा प्रवेशलाई स्वीकार्न सकिरहेको छ ।

जे जस्तो भएपनि भारतले चीनको योजना सफल बनाउन साथ नदिने भूमिका निभाउन सक्छ । त्योसँगै नेपाल मामलामा उसले महत्वपूर्ण भूमिका खोजिरहेको छ । भारत एमसीसीमा नखुलेपनि यसको छिनोफानो पछि उत्पन्न परिस्थितिमा भने अमेरिकासँग मिलेर प्रस्तुत हुने विश्लेषणहरु भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot