Logo

मदिरा स्टोर ‘ग्रिनलाइन’का सञ्चालक अमित अग्रवाल पक्राउ



काठमाडौँ, ९ फागुन। बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ‘ग्रिनलाइन’ सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले शनिबार अग्रवालाई पक्राउ गरेको हो ।

शनिबार पक्राउ परेका उनको आइतबारदेखि चार दिन म्याद मागेर अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । अग्रवालले पछिल्लो समय कोरोनाका कारण आफ्नो व्यवसाय संचालनमा समस्या रहेको बताउँदै आएका थिए ।

उनले बैंकहरुबाट लिएको ऋण तथा ब्याज गरी ८३ करोड रुपैयाँ तिर्नुपर्ने दायित्व छ । यसअघि माघ २८ गते पत्रकार सम्मेलन गरेर उनले आफ्नो कारोबारको विवरण सार्वजनिक गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्